FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

नक्सा पास सम्बन्धी सूचना

नेपाल सरकार
शुक्लागण्डकी नगरपालीका कार्यालय
दुलेगौडा, तनहुँ

नक्सा पाश सम्वन्धी सूचना

यस शुक्लागण्डकी नगरपालिकामा कार्यालयमा नयाँ निर्माण कार्यका लागि नक्सा पाश कार्य गर्दा तपसिल अनुसारका कागजातहरु अनिबार्य पेस गर्नुपर्ने सूचना सम्बन्धित सबैको लागि प्रकाशन गरिएको छ |

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु

१. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि एक प्रति
२. कित्ता नंबर स्पष्ट भएको नापी नक्शा ब्लु प्रिन्ट सक्कल एक प्रति
३. चालु आर्थिक बर्षको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि १ प्रति
४. पासपोर्ट साईजको फोटो २ प्रति
५. निर्माण व्यवसायी या मुख्य निर्माणकर्मीको नगरपालिकाबाट लिएको ईजाजत
पत्रको प्रतिलिपि एक प्रति
६. नक्शाको फोटोकपी दुई प्रति
७. ईन्जिनियरिङ्ग कन्सल्टेन्सिको नगरपालिकाको ईजाजतको प्रतिलिपि
८. क, ख र ग बर्गका भवनहरुको हकमा भवन स्वामित्वकर्ताले भवन ऐन २०५५
को दफा ११(३) अनुसार योग्यता पुगेका प्राविधिकसँग घर निर्माण सुपरिवेक्षणको
लागि गरिएको सम्झौता पत्र ।
९. नक्शा बनाउने ईन्जिनियरको नेपाल ईन्जिनियरिङ्ग काउन्सिलको दर्ता प्रमाण
पत्रको प्रतिलिपि १ थान
१०. निवेदन दिन आउदा र प्रमाण पत्र लिन आउदा स्वयं उपस्थित हुनुपर्ने । पुनश्च: नगरपालिका भित्र निर्माणकार्य गर्ने सम्पूर्ण निर्माण ब्यबसायीहरुले नगरपालिकामा आफ्नो ब्यवसाय अनिबार्य दर्ता गर्नुहुन अनुरोध छ . नगरपालिकामा दर्ता नभएका कुनै पनि निर्माण ब्यबसायीहरुले निर्माण गर्न पाउने छैनन् .

कार्यकारी अधिकृत