FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा नयाँ परिचय पत्र एवं नबिकरण सम्बन्धी सूचना

प्रस्तुत बिषयमा यस शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने २०७३ असार महिना भित्र ७० वर्ष उमेर पुग्ने जेष्ठ नागरिक अन्य, ६० बर्ष उमेर पुग्ने जेष्ठ नागरिक दलित, ६० बर्ष पुग्ने बिधवा महिला, एकल महिला, लोपोन्मुख आदिबासी जनजाति, पूर्ण अपाङ्ग(क) वर्ग रातो कार्ड, आम्सिक असक्त अपाङ्ग(ख) वर्ग निलो कार्ड र पाँच वर्ष मुनिका दलित बालबालिकाहरुले परिचय पत्र प्राप्त गर्नका लागि २०७२ भदौ १ देखि २०७२ कार्तिक मसान्तसम्म यस कार्यालयमा आई अनुसूची ६को (क), (ग), (घ), (ङ), (च), (छ) र (ज) बमोजिमको ढाँचामा दरखास्त दिनुहुन अनुरोध गरिन्छ / साथै हालसम्म परिचयपत्र प्राप्त गरी खाइपाइ आएका व्यक्तिहरुले समेत आगामी आर्थिक बर्ष आ ब २०७३/७४ मा भत्ता पाउनका लागि भदौ १ गते देखि २०७१ कार्तिक मसान्त सम्म सम्बन्धित वडा सेवा केन्द्रमा आई अनुसूची ५ अनुसारको ढांचामा दरखास्त दिई अनिबार्य रुपमा नबिकरण गराऊनुहुनासमेत सम्बधित सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ /

नोट: उक्त मितिभित्र दरखास्त दिई दर्ता तथा नबिकरण नगर्ने हरुले २०७३ श्रावण १ गते देखि भत्ता प्राप्त गर्न नसक्ने व्योहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ /