FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

प्रथम वातावरणमैत्री वडा घोषणा, शुक्लागण्डकी ८ 

१९ औ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिका कार्यालयको आयोजनामा दुलेगौंडाको विपी चोकबाट नगरपालिकासम्म प्ले कार्ड सहित सचेतना -यालीको आयोजना गरिएको थियो | उक्त कार्यक्रममा नगरस्थित राजनैतिक दलका प्रतिनिधि, वार्ड नागरिक मंचका संयोजक, टोल विकास संस्थाका अधक्ष्य, कन्सल्टेन्सीका प्राबिधिकहरु, स्थानीय संघ संस्था, सुरक्षाकर्मी, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो | -यालीको समापन पश्यात नगरपालिका कार्यालयमा पुगी सभामा परिणत भएको थियो | सभामा नगरपालिकाका कार्यकारी अधिकृत तिलक बहादुर खड्काले नगरबासीलाई भूकम्प प्रतिरोधी भवन निर्माणका लागि सबैलाई सजक बनाउन आग्रह गर्नु भएको थियो | कार्यलयका ईन्जिनियर तारापति भट्टराईले भुकम्पका कारण र असरका बारेमा जानकारी गराउनु भएको थियो | कार्यक्रम उपस्थित सहभागी हुले भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए |

Pages