FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

पवित्र शुक्लागण्डकीको दुबै तर्फ  माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम जस्तो उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गतेदेखि कार्यालय स्थापना भइसंचालनमा आएकोमा  मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत रुपमा संचालनमा आएको हो । देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।
भौगोलिक अवस्थितिः
१) समुद्र सतहदेखि उचाईः
    ४३० मी. माग्दे खोला देखि १३०५ मी. दगाम कोटडाडा  
२) क्षेत्रफल: १६५ वर्ग कि.मी.
३) सिमाना  : पूर्व-म्याग्दे गाउपालिका र ब्यास नगरपालिका, पश्चिम: स्यांग्जा जिल्ला,  उत्तर-कास्की र स्यांग्जा जिल्ला, दक्षिण-भिमाद नगरपालिका र म्याग्दे गाउपलिका

४) स्थिति: 
       देशान्तर : - पूर्व देखी - पूर्वी देशान्तर सम्म 
       अक्षांसः  - उत्तर देखी -उत्तरी 
५) राजनैतिक एवं प्रशासनिक विभाजनः 

प्रदेश: ४ नं प्रदेश

जिल्लाः तनहूँ 
निर्वाचन क्षेत्रः क्षेत्र नं २
वडा संख्याः १२ वडा 

टोल संख्याः १९२

जनसंख्याः ४५४५६ (महिलाः-    पुरुषः -  )
घरधुरी संख्याः 
क्याम्पस:३
मा.बि.: २६
आधारभूत:१
प्रा.वि.: ३७
अस्पताल: १ 
सामुदायिक अस्पताल ः १
हेल्थपोस्ट:४

( नेपाल सरकारको मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार नगरपालिकाको संरचनमा आएको परिबर्तनका कारण विवरण अध्यावधिक गर्ने क्रममा रहेको)